News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० गतेको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि त्रिशूली ३ ए जलविद्युत परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी छ।
- स्वदेशी विज्ञ र सुरक्षाकर्मीको संयुक्त टोलीले आज सुरुङ खोल्ने र हिलो सफा गर्ने काम गरिरहेको जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले बताए।
- न्यौपानेका अनुसार स्ल्याबले सुरुङको ढोका बन्द गरेकाले भित्र थप ढुंगा नछिरेको अनुमान छ, र सातवटा ठूला ढुंगा विस्फोट गराइँदैछ।
१७ भदौ, काठमाडौं । भदौ १० गतेको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा मानिसहरू थुनिएको भनिएको त्रिशूली ३ ए जलविद्युत परियोजनामा उद्धार प्रयास जारी छ।
स्वदेशी विज्ञ तथा सुरक्षाकर्मीको संयुक्त टोलीले यस जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास गरिरहेका छन्। जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार आज सुरुङ खोल्ने र हिलो सफा गर्ने काम भइरहेको छ।
उनका अनुसार सुरुङको ढोका बन्द भएकाले ठूला ढुंगाहरू भित्र पस्न नपसेको अनुमान छ।
‘स्ल्याबले सुरुङको ढोका बन्द गरिदिएछ। ढोका बन्द भएकोले यसभित्र अरु ढुंगा नछिरेको हाम्रो विश्वास छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसैले हामी आशावादी छौं। त्यहाँ रहेका सातवटा ठूला ढुङ्गाहरूलाई एक-एक गरी विस्फोट गराइँदैछ। आज हामी सुरुङ भित्र छिर्ने प्लानअनुसार काम गरिरहेका छौं।’
प्रतिक्रिया 4