News Summary
Generated by OK AI. Editorially reviewed.- तमु धिं युकेले भोटेकोशी र त्रिशूली बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड १ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
- लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजित १७औं नेपाली मेलाबाट ४० हजार पाउण्डस्ट्रलिङ संकलन भएपछि आकस्मिक बैठकले थप रकमसहित सहयोग गर्ने निर्णय गरेको हो।
- गुडविल एम्बासडर एरिका गुरुङले संस्थाले सामाजिक उत्तरदायित्व आत्मसात् गर्दै पीडित नेपालीको घाउमा मलम लगाउने प्रयास गरेको लेखेकी छन्।
१७ भदौ, काठमाडौं । तमु धिं युकेले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।
तमु धिं युकेले लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजित १७औं नेपाली मेलामा संकलित रकम र त्यसमा थप गरेर एक करोड एक हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोश उद्दार कोषमा प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष कमल कोन्हे गुरुङले जानकारी दिए । मंगलबार साँझ बसेको १३औँ कार्यसमितिको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
‘हरेक वर्ष नेपाली मेला गर्छौं । यहाँ नेपालीहरुको आआफ्नो संगठनहरु छन्। सबैलाई समेटेर नेपाली तमु धिं युकेले मेला गर्छ । यसपटकको मेलाबाट उठेको ४० हजार पाउण्डस्ट्रलिङ संकलन भएको थियो । त्यसमा थप गरेर एक करोड एक हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
तमु धिं युकेको गुडविल एम्बासडर कराँते खेलाडी एरिका गुरुङ छिन्। उनै एरिकाले संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताइन् ।
‘नेपालमा प्राकृतिक विपत्तिका कारण देश नै पीडामा रहेको अवस्थामा, तमु धिं यूकेले विगतमा झैँ यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पीडित नेपालीहरूको घाउमा मलम लगाउने मानवीय प्रयास गरेको छ,’ उनले लेखेकी छन् ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा १० हजार बढी नेपालीले अवलोकन गरेका थिए।
प्रतिक्रिया 4