+
+
Shares

‘हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं’

‘हामीले भन्यौं– संघले नेतृत्व गरोस्, अरू कसले के के गर्ने कार्यविभाजन गरेर काम गरोस् । समन्वयमा काम होस्,’ उनले भने, ‘तर, फिटिक्कै समन्वय भएन । यद्यपि, भेटघाट भने भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:३९

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत र उद्धारमा सरकारमा साथ दिन तयार रहेपनि सरकार आफूखुसी हिँडेको भन्दै चिन्ता प्रकट गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।

‘हामी भनिरहेका छौं– सरकारको साथमा छौं, सरकारले भनिरहेको छ–हाम्रो मर्जीले गर्छाैं’, आङ्देम्बेले भने ।

स्थानीय सरकार विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम गर्नसकेको उदाहरण आङ्देम्बेले कोभिड–१९ लाई दिए ।

आफन्त र आफ्नो सर्वस्व गुमाएर पनि स्थानीय जनप्रतिनिधि जुटिरहे पनि केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग पटक्कै समन्वय नगरेको दाबी गरे ।

‘हामीले भन्यौं– संघले नेतृत्व गरोस्, अरू कसले के के गर्ने कार्यविभाजन गरेर काम गरोस् । समन्वयमा काम होस्,’ उनले भने, ‘तर, फिटिक्कै समन्वय भएन । यद्यपि, भेटघाट भने भएको छ ।’

कांग्रेसले सबैको समन्वयमा संघीय सरकारको नेतृत्वमा विपद्को सामना गरौं भनिरहेपनि सरकारले गम्भीरतापूर्वक नलिएको आङ्देम्बेले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?