+
+
Shares

‘नबिल डिबेञ्चर-२०९३’ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले ५.५ प्रतिशतको नबिल डिबेञ्चर २०९३ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
  • बैंकले १ हजार अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र १० वर्षका लागि जारी गर्दै ४ अर्ब रुपैयाँ उठाउने जनाएको छ।
  • त्यसमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट र १६ लाख कित्ता सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ।

७ भदौ, काठमाडौं । नबिल बैंकले ५.५ प्रतिशतको नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई नियुक्त गरेको छ ।

मंगलबार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कुल ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

साथै १६ लाख कित्ता (५ प्रतिशत अर्थात् ६५ हजार कित्ता सामुहिक लगानी कोष समेतलाई) ऋणपत्र सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?