+
+
Shares

फेवातालमा डुबेका युवकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।
  • तालबाराही मन्दिर पछाडि फेवातालमा डुबेका तामाङलाई गोताखोर टोलीले दिउँसो १४:५० बजे करिब ३० फिट गहिराइबाट अचेत अवस्थामा फेला पारेको थियो।
  • उद्धारपछि उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

२० भदौ, पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ ।

उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए ।

उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन भएको थियो ।

विपद् उद्धार टोली (गोताखोर) आवश्यक उद्धार सामग्री सहित खटिएको टोलीले उनको उद्धार गरेको हो ।

खोजतलासका क्रममा दिउँसो १४:५० बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले आयुष तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेको थियो ।

उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) तर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?