+
+
Shares

कोरियाका परराष्ट्रमन्त्रीले भने- बाढीपछिको पुनर्निर्माणमा सघाउँछौं

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा वकालत गर्छौं

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने परराष्ट्रमन्त्री ह्युनले प्रतिबद्धता जनाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनाल र चो ह्युनबीच सिंहदरबारमा भएको भेटमा खोज, उद्धार, राहत र बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भयो।
  • चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा कोरिया सरकार पूर्ण रूपमा तयार रहेको भन्दै नेपालका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा आवाज उठाउने बताए।

२१ भदौ, काठमाडौं । दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो।

भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मानवीय सहायता र राहत सामग्री आपूर्तिका लागि प्रशंसा गर्दै मन्त्री खनालले आगामी दिनमा विपद्‌ प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण गर्नु नेपाल सरकारको मुख्य प्राथमिकता रहेको बताए। यसका लागि उनले कोरियाबाट निरन्तर सहयोगको अपेक्षासमेत व्यक्त गरेका छन्।

जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको औँल्याउँदै उनले यस विषयमा कोप जस्ता विश्वव्यापी मञ्चहरूमा अन्य देशहरूलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गर्नुपर्नेमा जोड दिए।

साथै, नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने परराष्ट्रमन्त्री ह्युनले प्रतिबद्धता जनाएका छन्।

भेटको अन्त्यमा दुवै मन्त्रीले लामो समयदेखिको मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने भ्रमणमा नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?