+
+
Shares

श्रम संस्कृति पार्टीलाई सबैले रास्वपाको विकल्प स्वीकार गरिसके : ध्रुबराज राई

‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनताहरू र राजनीतिक दलहरूले पनि स्वीकारिरहेको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १५:३०

२१ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले आफ्नो दललाई रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन् ।

आइतबार बागमती प्रदेश कमिटीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनताहरू र राजनीतिक दलहरूले पनि स्वीकारिरहेको छ,’ उनले भने ।

स्वीकार्‍यो भनेर आफूहरू चुपचाप बस्न नहुने उनले बताए । टोल–टोलसम्म पुगेर संगठन बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दैगएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीप्रति जनताको आकर्षण बढिरहेको दाबी गरे ।

सांसद राइले पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै पार्टीले जनताको अपेक्षा र भावना बुझेर अघि बढिरहेको बताए ।

सांसद राईले पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै देशको समृद्धि, सुशासन र परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?