+
+
Shares

नाटक ‘सुधाकरको न्यू मुन’ को मञ्चन अवधि थपियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकेधारास्थित ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको सुधाकरको ‘न्यू मुन’ नाटक २७ भदौसम्म नियमित मञ्चन हुने भएको छ।
  • सागर दाहालको कथा र मुक्तिको निर्देशन रहेको नाटकले मानवीय भावना, विचार, नाम र नैतिकता परिस्थितिको दास हुने विषय देखाउँछ।
  • नाटकमा राजनीतिक दल बदलिरहने सुधाकर र उनकी साथी मूनबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाइएको छ।

२२ भदौ, काठमाडौं । सुकेधारास्थित ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको सुधाकरको न्यू मुनको मञ्चन अवधि थपिएको छ । नाटक २७ भदौसम्म नियमित मञ्चन हुनेछ ।

नाटकमा सागर दाहालको कथा र मुक्तिको निर्देशन रहेको छ । म्याजिकल रियालिजम विधामा बनेको यो नाटकले मानवीय भावना, विचार, नाम अनि नैतिकता कसरी परिस्थितिको दास हुन्छन् भन्ने कथा देखाउँछ ।

नाटकमा राजनीतिक चेत भएका सुधाकर मुख्य पात्र हुन्छन् । उनको मुख्य काम राजनीतिक दलका घोषणापत्र तथा नेताका भाषण लेख्नु हो । उनले आर्थिक लाभका कारण विभिन्न राजनीतिक दल परिवर्तन गरिरहन्छन् । तर, उनको यो प्रवृत्ति मन नपराउने उनको मून नामक केटी साथी हुन्छिन् ।

उनले सुधाकरलाई के सुधार्न सक्छन् ? अथवा उनीहरूबिच के हुन्छ? यो कुरा नै नाटकको मुख्य विषयवस्तु हो । नाटकमा सागर दाहाल, शकु शाह, आहान भण्डारी, रोहित श्रेष्ठ र सुजता गुरुङको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?