News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने एसियन गेम्स २०२६ को क्रिकेटमा नेपाल समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने तय भएको छ ।
- समूह ए मा रहेको नेपालले समूह विजेता बने श्रीलंकासँग र उपविजेता बने भारतसँग क्वाटरफाइनलमा खेल्नेछ ।
- नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको हो ।
२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ ।
समूह चरण पार गरेर अगाडि बढेमा नेपालको भेट भारत वा श्रीलंकामध्ये एक टोलीसँग हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएमा श्रीलंकासँग खेल्नेछ ।
समूह उपविजेता बनेमा नेपालको भेट भारतसँग हुनेछ । नेपालले यसअघि सन् २०२३ मा भएको एसियन गेम्समा पनि क्वाटरफाइनलमा भारतसँग खेलेर पराजित भएको थियो ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।
हरेक समूहबाट शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्ने प्रावधान छ ।
यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।
प्रतिक्रिया 4