+
+
Shares

बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ। 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ २२ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न काठमाडौँका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ।
  • नेपाल विद्युत प्राधिकरण, वसन्तपुर दरबार स्क्वायर र पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरी घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको अवस्था पत्ता लागोस् भन्ने कामना गरिएको छ।
  • सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ भने रसुवा बाढीमा अहिलेसम्म १,३५६ जनाको निधन पुष्टि र करिब ५,००० जना सम्पर्कविहीन छन्।

२२ भदौ, काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ।

नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै उनीहरूको स्मरण गरिएको हो।  त्यस्तै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् कामना पनि गरिएको छ।

त्यस्तै आज पशुपतिनाथ मन्दिरमा पनि दीप प्रज्वलन गरिएको छ।  त्यस्तै देशका धेरै ठाउँमा आज दीप प्रज्वलन गरिएको छ। सरकारले पनि आज राष्ट्रिय शोक घोषणा गरेको थियो।

रसुवा बाढीमा परेर अहिलेसम्म १३५६ जनाको निधन पुष्टि भइसकेको छ। करिब ५ हजार हाराहारी अझै सम्पर्कविहीन छन्।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?