+
+
Shares

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
  • केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बैठक बस्ने जानकारी दिए पनि एजेन्डा खुलाएको छैन ।
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजो र अस्तिको बैठकमा भोटेकोशी बाढीबाट सिर्जित संकट, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल भएको थियो ।

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

बैठकको एजेन्डा भने खुलाइएको छैन ।

हिजो र अस्ति अर्थात २१ र २२ भदौमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा भोटेकोशी बाढीबाट सिर्जित राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?