+
+
Shares

बालेनलाई खुश्बुको प्रश्न : बबिताले सडक पेटीमा बच्चा जन्माउँदा तपाईंको चुनावी नारा कहाँ गयो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका १४ पर्साकी बबिता पासवानले सडकमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गरिन्।
  • उनले प्रधानमन्त्री बालेनको चुनावी नारा स्मरण गराउँदै, 'म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ' भनिन्।
  • ओलीले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग जवाफ मागिन् भने अन्य सांसदहरूले पनि सरकारसँग जवाफ मागेका छन्।

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका १४ पर्साकी बबिता पासवानले सडकमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चुनावको बेला प्रधानमन्त्री बालेनले ‘गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ’ भनेर यसलाई चुनावी नारा भनेको स्मरण गरिन् ।

बबिताको श्रीमानसँग दुई हजार रहेको र १२ सय नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माएको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनको चुनावी नारा स्मरण गराएकी हुन् ।

‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ’ उनले भनिन् ।

यो विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग उनले जवाफ समेत माग गरेकी छन् ।

अन्य सांसदहरूले पनि बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?