+
+
Shares

बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री दीपक कुमार साहले कृष्णभिरको सडक असोज १ गतेदेखि दुईतर्फी सञ्चालनमा आएपछि बजारमा ग्यास आपूर्ति सहज हुँदै गएको बताए ।
  • उनले काठमाडौं उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।
  • उनले विभिन्न ठाउँमा लुकाएर राखिएका १ हजार सिलिण्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिइएको बताए ।

५ असोज, काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा पूर्ण सञ्चालमा आएको उल्लेख गर्दै उनले भने, ‘यससँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको छ ।’

यसबीचमा सरकारले काडमाडौं उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइराखेको बताए ।

विभिन्न ठाउँमा लुकाएर राखिएका एक हजार सिलिण्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिइएको उनले बताए ।

गतल कार्य गर्नेलाई सरकार कारबाही गर्ने र यसले निरन्तरता पाउने उनले बताएका छन् ।

‘आउँदा चाडपर्वमा ग्यास पाइएला कि नपाइएला भन्ने दुविधामा रहनु पर्दैन’

ग्यासका सन्दर्भमा सरकारको उत्तरदायीत्व बैठकको संख्या वा घोषणाबाट नभएर सिलिण्डर समयमै उपभोक्तासम्म पुग्यो कि पुगेन ? मूल्य पारदर्शी रह्यो कि रहेन ? र गूनासो कति छिटो समाधान भयो भन्ने ठोस परिणामबाट हुने उनले बताए ।

उनले भनेका छन्, ‘हामी सम्पूर्ण उपभोक्तालाई निश्चिन्त पार्न चाहन्छौं, आउँदो चाडपर्वम यहाँहरू ग्यास पाइएला कि नपाइएला भन्ने दुविधामा रहनु पर्दैन । सरकारले चाडपर्व अगाडि नै यस समस्याको समानधान गर्नेछ ।’

तत्कालीन समस्या समाधानसँगै सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?