+
+
Shares

अमेरिका पुगेर प्रधानमन्त्री बालेनले लेखे- बाढीपहिरोको जोखिम छ, विशेष सावधानी अपनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरे।
  • उनले गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताए।
  • प्रधानमन्त्रीले बाढी, पहिरो, डुबान र यातायात अवरोधको जोखिम देखिएकाले राजमार्ग यात्रा, नदीकिनार र हिमाली यात्रा टार्न अनुरोध गरे।

७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै उनले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानजिकका जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र ट्रेकिङ तथा हिमाली क्षेत्रको यात्रा मौसम सुधार नभएसम्म स्थगित गर्न पनि उनले अनुरोध गरेका छन् ।

उनले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न तथा सम्बन्धित निकायलाई पूर्वतयारी, समन्वय र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?