+
+
Shares

भारी वर्षापछि गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज ९–११ गते भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको छ ।
  • विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको र नेपाल विद्युत् प्राधिकरण तथा निजी आयोजनालाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ ।
  • मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

९ असोज, काठमाडौं । असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको बताएको छ । विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको बताए ।

उनकाअनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरुलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले समन्वय गरिरहेको छ ।

बिहीबार बेलुकी बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरुलाई चौबिसै घण्टा उच्च सतर्कतामा राखिएको बताए । प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाई समन्वय भइरहेको जानकारी दिए ।

भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सवस्टेसनमा क्षति पुगेर १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउनसक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?