News Summary
Generated by OK AI. Editorially reviewed.- हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिएपछि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
- नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटेको हो ।
- एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने बताएको छ ।
१२ असोज, काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।
एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4