१५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरो गएपछि बिहीबार साँझदेखि हराइरहेका व्यक्तिहरूको खोजी कार्य आजका लागि स्थगित भएको छ । १० जना पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ।
मौसम प्रतिकूल भएकाले खोजी कार्य रातभरका लागि स्थगित गरिएको छ । पाकिस्तानी अधिकारीहरूले खोजी अभियान भोलि पुनः सुरु गरिने बताएको बीबीसीले उल्लेख गरेको छ ।
शव फेला परेका चार मध्ये दुई जनाको पहिचान भएको छ । ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुर बहादुर गुरुङको शव फेला परेको हो ।
विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा लगायतका अन्य ६ जनाको अवस्था भने अझै अज्ञात छ । यो हिमपहिरोमा परेका १० मध्ये ६ जना नेपाली छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4