News Summary
Generated by OK AI. Editorially reviewed.- नारायणी नदीको बाढीले पुलमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
- हिजो साँझ आएको भीषण बाढीले होटल रिभर क्राउन अगाडिबाट बगाएर क्रुजलाई नारायणी पुलको गैँडाकोटतर्फको पिलरमा अड्काएको थियो ।
- तीन तले क्रुज अड्किँदा पुल भत्कने जोखिम बढेको र कम्पनीले दुईवटा २० एमएमका टुचिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधिएको दाबी गरेको छ ।
१२ असोज, काठमाडौं । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको प्रशासनले जनाएको छ ।
तीनवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने प्रयास गरिएको हो ।
हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।
तीन तले क्रुज पुलको पिलरमा अड्किदा पुल नै भत्कने सक्ने जोखिम बढेको थियो ।
राइनोज क्रुजसिपलाई रुखमा टुचिन लगाएर बाँधेको तर ठूलो बाढीले टुचिन नै चुडाएको कम्पनीको दाबी छ ।
क्रुजसिप राखिएको ठाँउमा दुईबाट रुखहरू आएर अड्किएर ठेल्दा टुचिन चुँडिएका थिए । २० एमएमका दुईवटा टुचिन अर्न्तराष्ट्रिय मापदण्ड अनुसार नै बाँधिएको कम्पनीको दाबी छ ।
क्रुजको तौल ७० टनभन्दा बढी छ । तर, तौरिरहेको अवस्थामा तौल निकै कम हुने कम्पनीको भनाइ छ । डेढ बर्ष अगाडि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथि ल्याइएको थियो ।
क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता थियो । झण्डै १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।
प्रतिक्रिया 4