+
+
Shares

कर्णालीका चार जिल्लामा मेघगर्जनसहित वर्षा, सतर्क रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कर्णालीका जिल्लामा सतर्क रहन आग्रह गरेको छ ।
  • लगातारको वर्षाले पहिरो, सडक अवरुद्ध र नदी–खोलामा बहाव बढ्ने जोखिम रहेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई सावधानी अपनाउन भनिएको छ ।

२३ असोज, सुर्खेत । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यी जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ ।

कर्णाली प्रदेशका धेरैजसो भूभागमा पछिल्लो २४ घण्टामा वर्षा भएको छ। हाल पनि सुर्खेत, डोल्पा, हुम्ला ,दैलेख र रुकुम पश्चिमलगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

प्रदेशका अन्य जिल्लामा समेत वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आगामी शनिबार र आइतबार पनि केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने र नदी तथा खोलामा पानीको बहाव बढ्ने जोखिम रहन्छ । यसबाट यातायात सेवा प्रभावित हुनुका साथै जनजीवनमा समेत असर पर्न सक्छ ।

विशेषगरी पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । वर्षाका बेला नदी तथा खोलामा नजान, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?