+
+
Shares

परराष्ट्र सचिव राई र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका अतिरिक्त सचिव मुनु महावारबीच आज काठमाडौंमा शिष्टाचार भेट भएको छ।
  • भेटमा नेपाल–भारतबीचका आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
  • उनीहरूले नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध थप गहिरो र सुदृढ बनाउने उपायबारे छलफल गरेका छन्।

२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो ।

भेटवार्ताका क्रममा उनीहरूबीच आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप गहिरो र सुदृढ बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?