+
+
Shares

सर्वोच्चको ठहर– इनम सापकोटाको पक्राउ कानुनसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले राज्यको महत्त्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा पक्राउ परेका इनम सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर गरेको छ।
  • पतिलाई गैरकानुनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
  • न्यायाधीशहरू हरि फुयाल र सुनिल पोखरेलको इजलासले निवेदन खारेज गरेको हो, भने प्रहरीले सापकोटामाथि अभद्र व्यवहारको आरोपमा म्याद थपिरहेको छ।

२३ असोज, काठमाडौं । सर्वोच्च अदालतले इनम सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर गरेको छ ।

आफ्ना पतिलाई गैरकानूनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशहरु हरि फुयाल र सुनिल पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

राज्यको महत्त्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो ।

तर प्रहरीले उनीमाथि अभद्र व्यवहारको आरोपमा म्याद थप गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?