+
+
Shares

मानसिक स्वास्थ्य चुनौती कम गर्न कर्णाली सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही

रासस रासस
२०८३ असोज २३ गते २१:२४

२३ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मानसिक स्वास्थ्य स्वावलम्बन समूह सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

‘मानसिक स्वास्थ्य समस्या अब लुकाउने विषय रहेन । यो गम्भीर जनस्वास्थ्यको विषय हो । नागरिकको अस्वाभाविक मृत्युको कारण बन्दै गएको आत्महत्याजस्तो समस्या रोक्न प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने ।

मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्जालले उठाएका विषय जायज रहेको र सरकारले आगामी नीति तथा कार्यक्रममा सम्बोधन गर्दै जाने बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?