+
+
Shares

कांग्रेस सभापति पदको गणना थालियो, बागमती र सुदूरपश्चिमबाट सुरु

कांग्रेस सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको छ।
  • गगन थापा र श्यामकृष्ण खड्गी सभापति पदका उम्मेदवार छन् र बागमती तथा सुदूरपश्चिमको मतपेटिका गन्न थालिएको छ।
  • लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र मिलाउने काम भइरहेको छ, र मतगणना सीसी क्यामेराको निगरानीमा तीन स्थानमा हुँदैछ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ ।

सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।

केहीबेर अघि खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएसँगै गणना सुरु गरिएको हो ।

बागमती र सुदूरपश्चिम प्रदेशको मतपेटिका गन्न सुरु गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र मिलाउने काम भइरहेको छ ।

राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।

मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?