+
+
Shares

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते २०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले आगामी २ देखि ३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
  • पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा मिति तय भएको जानकारी दिएका हुन् ।
  • शनिबारको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरे पनि मिति तोकेको थिएन ।

२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।

शनिबार सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो । तर, मिति तोकेको थिएन ।

आज नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा सचिव ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?