News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेर २ लाख ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबारदेखि बिहीबारसम्म लगातार घटेको थियो ।
- शुक्रबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँ बढेर ४ हजार १५० रुपैयाँ कायम भएको छ ।
३० असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य घटेको थियो । शुक्रबार मूल्य बढेको हो । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोे थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4