News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका लिग चरणका खेलका लागि साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार टिकट दर तोकेको छ।
- इलिमिनेटर र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार टिकट दर कायम गरिएको छ।
- एनपीएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने र लिग कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने क्यानले जनाएको छ।
५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार कायम गरिएको छ ।
तेस्रो संस्करणको एनपीएलका लागि टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने क्यानले जनाएको छ । एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4