News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको नगराइन नगरपालिका-७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा १० दिनपछि मृ*त फेला परेका छन्।
- प्रहरीका अनुसार घरदेखि करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव फेला परेको हो।
- गत कात्तिक ४ गते दशैं टिकाको दिन घरबाट निस्केका साकेतको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।
१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव एकछिन अघि फेला परेको हो ।
गत कार्तिक ४ गते दशैं टिकाको दिन बालक घरबाट निस्केका थिए । उनी बेपत्ता भएदेखि गाउँ तथा घररिवार चिन्तामा थिए ।
परिवारजन तथा प्रहरी निरन्तर खोजिरहेपनि साकेत फेला पर्न सकेको थिएन । नजिकका गाउँघर तथा वरपर रहेका पोखरी झाडी सबैमा प्रहरीले खोजेको थियो ।
घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी खनालले बताए । बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4