+
+
Shares

सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।
  • अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिएको थियो।

१९ कात्तिक, सिरहा । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले हिजो (बुधबार) उनलाई दोषी ठहर गरेको हो ।

यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पक्राउ गरेको थियो ।

अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिएको थियो ।

गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर महोत्तरीको सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए । त्यहाँ पुगेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?