+
+
Shares

भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको रास्वपा सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौंमा रास्वपा सभापति रवि लामिछानेसँग बूढानीलकण्ठमा शिष्टाचार भेटवार्ता गरे ।
  • भेटमा लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको चर्चा गर्दै दुवै मुलुकका उच्चस्तरीय भ्रमण सफलताका लागि शुभकामना आदानप्रदान गरे ।
  • रवि लामिछाने र मिश्रीबीच नेपाल–भारतको बहुआयामिक सम्बन्ध र गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भयो ।

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न भारतीय विदेश सचिव मिश्री बूढानीलकण्ठ पुगेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको थियो ।

साथै, आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना समेत आदानप्रदान भएको थियो । सभापति लामिछानेले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको प्रवक्ता खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?