+
+
Shares

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा तोकेको छ।
  • युरोपियन युरोको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।
  • युके पाउन्ड स्ट्रलिङको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा तोकिएको छ।

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा थियो ।

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा छ । हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा थियो ।

आज केही बढेको स्वीस फ्र्यांकको भाउ आज भने घटेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ ।

अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो ।

हिजो केही बढेको क्यानेडियन डलरको भाउ आज भने घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा थियो ।

आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा थियो ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?