News Summary
Generated by OK AI. Editorially reviewed.- तिहारअघि नेप्से २६५५ अंकमा बन्द भएको छ र विगत एक महिनामा सूचक २.९८ प्रतिशत बढेको छ।
- विगत एक महिनामा मूल्य धेरै बढेका १० कम्पनीमध्ये ८ वटा जलविद्युत् समूहका छन्, एक माइक्रोलाइफ इन्स्योरेन्स र एक वाणिज्य बैंक छन्।
- घलेम्दी हाइड्रोपावरको मूल्य १५.९४ प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ११.७३ प्रतिशत बढेको छ।
२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो ।
समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ प्रतिशतसम्म बढेको छ । विगत एक महिनामा मूल्य धेरै बढ्नेमा ८ वटा हाइड्रोपावर समूहका कम्पनी मात्रै छन् । एउटा माइक्रोलाइफ इन्स्योरेन्स र एउटा मात्रै वाणिज्य बैंक परेको छ ।
खासगरी जलविद्युत् कम्पनीहरूको पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षा लगानीकर्ताको छ । कात्तिक मसान्तभित्र यी कम्पनीले आफ्नो पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दछन् ।
बैंकहरूको ब्याजदर घटिरहेको र न्यून विन्दुमा आएका कारण जलविद्युत् कम्पनीहरूको ब्याज (वित्तीय) खर्च कम हुन गई नाफामा सिधा प्रभाव पार्नेछ । यहीं कारण आयोजनाको निर्माण सम्पन्न भई व्यवसायिक आम्दानी गरिरहेका जलविद्युत् कम्पनीको मूल्यमा प्रभाव देखिएको छ ।
विगत एक महिनामा मूल्य धेरै बढेका १० कम्पनीको वृद्धिदर ११.७३ प्रतिशतदेखि १५.९४ प्रतिशतसम्म रह्यो । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५.९४ प्रतिशत बढेको छ । सबैभन्दा न्यून चुक्ता पूँजी रहेको जलविद्युत् कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य एक महिनामा ११.७३ प्रतिशत बढेको छ ।
तिहारअघिको एक महिनामा मूल्य धेरै बढेका १० कम्पनी
| कम्पनी | मूल्य असोज २० | मूल्य कात्तिक २० | वृद्धिदर |
| घलेम्दी हाइड्रोपावर | २७८.६० | ३२३ | १५.९४ |
| मन्दाकिनी हाइड्रोपावर | ४४४.४० | ५१० | १४.७६ |
| स्वेतगंगा हाइड्रोपावर | २९० | ३३२ | १४.४८ |
| रिभर फल्स पावर | ३२८ | ३७५ | १४.३३ |
| ग्रिन भेन्चर्स | ४९४.९० | ५५९ | १२.९५ |
| सानिमा मिडिल तमोर | ५३०.५० | ५९९ | १२.९१ |
| क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स | १०५९ | ११९२ | १२.५६ |
| मकर जितुमाया सुरी हाइड्रोपावर | ४०६ | ४५४.५० | ११.९५ |
| एनआईसी एसिया बैंक | ३११ | ३४८ | ११.९० |
| कुथेली बुखरी स्मल हाइड्रोपावर | ८१० | ९०५ | ११.७३ |
स्रोत- नेप्से
प्रतिक्रिया 4