+
+
Shares

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

रासस रासस
२०८३ कात्तिक २३ गते १८:१५

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो ।

‘प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो’, उनले भने, ‘यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।’
सोही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो ।

साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ ।

गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताए । गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ ।

त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?