News Summary
Generated by OK AI. Editorially reviewed.- मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति ११ बजेतिर फेरि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ र राजमार्ग खुलाउने प्रयास जारी छ।
- राजमार्ग अवरुद्ध भएपछि तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् र लामो जाम लागेको छ।
- यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो, जसलाई हटाउन ९ घण्टा लागेको थियो।
२४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अहिले सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको एसपी खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार, अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
‘राति नै पहिरो गएपछि अहिले राजमार्ग बन्द छ । हामी पहिरो खुलाउने प्रयास गरिरहेका छौं,’ एसपी खड्काले भने ।
राजमार्ग अवरुद्ध भएपछि तिहार मनाउन गन्तव्यतर्फ हिंडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको र चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो ।
प्रतिक्रिया 4