+

दशौँ राष्ट्रिय खेलकुद : पुलिसका पौडीबाज मायोनले जिते पहिलो स्वर्ण

२०८३ मंसिर  ८ गते १८:०२ २०८३ मंसिर ८ गते १८:०२

७ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबका पौडीबाट मायोन श्रेष्ठले जितेका छन् ।

बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको पौडी स्पर्धमा पुलिसका मायोनले पुरुष १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका हुन् ।

उनले निर्धारित दूरी १७ मिनेट ४८.६१ सेकेण्डमा पुरा गरे । यस्तै सुदूरपश्चिम प्रदेशका अथर्व सिंहले १८ मिनेट ०६.९४ सेकेण्डसहित रजत र पुलिस क्लबकै रचित बुढाथोकीले १९ मिनेट ५५.६० सेकेण्ड समयसहित कांस्य जिते ।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन कर्णाली प्रदेशमा मंसिर १६ गते हुने भएपनि पौडी लगायत खेलको प्रतिस्पर्धा भने मंगलबार देखि सुरु भएको हो ।

दशौँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय