+
+
Shares

झापाबाट खैरो हेरोइन र १३ लाखभन्दा बढी नगदसहित महिला पक्राउ

प्रहरीले उनीसँगै १८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:००

१३ मंसिर, काठमाडौं । झापाको बिर्तामोडबाट लागूऔषध खैरो हेरोइन र १३ लाख रुपैयाँभन्दा बढी नगदसहित एक महिला पक्राउ परेकी छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा झापाको बिर्तामोड नगरपालिका–५ बाट ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१५ की ३६ वर्षीया पार्वती राजवंशी रहेकी छन् ।

प्रहरीले शनिबार १८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेकी राजवंशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?