+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दीपिकाले छाडेको मामीको प्रमुखमा प्रियंका चोपडा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:२७

नायिका दीपिका पादुकोणले ४ महिना अगाडि मुम्बई एकेडमी अफ मुभिङ इमेजको पदबाट राजीनामा दिएकी थिएन् । विवादमा फसेपछि दीपिकाले पदबाट राजीनामा दिएकोे बताइन्छ । ४ महिनादेखि खाली रहेको यो एकेडेमीको प्रमुखमा नायिका प्रियंका चोपडालाई नियुक्त गरिएको छ ।

मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई लिडिङ फिल्म फेस्टिभलको प्रमुख पदको जिम्मेवारी सम्हाल्न पाएकोमा गर्वको महशुश भएको छ । म सधै नै यो कुरामा विश्वास गर्छु कि भारतीय चलचित्रसँग दुनियाँलाई देखाउनका लागि निकै कुराहरु छन् । यो एउटा मिसन हो, जसलाई म आफैले सेट गरेको थिएँ । यो मेरो दिलको नजिक छ ।’

मामीमा नीता अम्बानी, अनुपमा चोपडा, फरहान अख्तर, इशा अम्बानी, कविर खान, किरण राव, राणा दग्गुबाती, रितेश देशमुख, रोहन सिप्पी, सिद्धार्थ रोय कपुर, विक्रमादित्य मोटवानी, विशाल भारद्धाज, जोया अख्तर, अजय बिजली, आनन्दी जी महिन्द्रा आवद्ध छन् ।

प्रियंकाले मामी फिल्म फेस्टिभल पहिलाको भन्दा फरक हुने दाबी समेत गरेकी छिन् । हरेक बर्ष एक सातासम्म आयोजना हुने यो फेस्टिभल यसपटक भने अक्टुबरबाट सुरु गरेर सन् २०२२ को मार्चसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?