+
+

काबुल एयरपोर्टलाई लक्षित गरी रकेट आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १२:०५

१४ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ ।

अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ ।

अहिलेसम्म यो रकेट आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन । यसअघि आइतबार अमेरिकाले ड्रोन आक्रमणमा गरेको थियो । यो आक्रमणमा इस्लामिक स्टेट समूहको एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका व्यक्ति मारिएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाले अफगानिस्तानमा गत बिहीबार पनि ड्रोन आक्रमण गरेको थियो । इस्लामिक स्टेटलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा काबुल आक्रमणका प्रमुख योजनाकार मारिएको अमेरिकाको दाबी छ ।

यसअघि काबुल एयरपोर्टमा भएको आत्मघाती आक्रमणमा परी १७० जनाको मृत्यु भएको थियो । जसमा १३ जना अमेरिकी सैनिक पनि सामेल थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?