+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एनसेलले शुरु गर्‍यो ‘डेटा सधैं अन’ नयाँ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १९:२२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।

नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको एनसेलले जनाएको छ ।

कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीको भनाइ छ ।

एनसेलका अनुसार उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?