+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १६:१४

१२ असोज, वीरगञ्ज । बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनी मंगलबार बिहान साढे ११ बजेतिर पौडी खेल्नका लागि ड्याममा पसेका थिए । सोही क्रममा उनी डुबेका थिए । स्थानीयले खोजी गर्दा नभेटेपछि प्रहरीलाई ११ः४८ बजे खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट डुमरवाना, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा कार्कीको शव ड्यामबाट बाहिर निकालेका थिए ।

घटनास्थल लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?