२४ असोज, काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । गएराति भएको समूह आई को खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० ले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा पाँच फरक गोलकर्ता रहे । बेन चिलवेलले १७औं, बुकायो साकाले ४०औं, टमी एब्राहिमले ५९औं,जेम्स वार्ड प्रोवसले ७९ र ज्याक ग्रेलिसले ८६औं मिनेटमा गोल गरे ।
समूह चरणमा छेटौं जितपछि इंग्ल्याण्ड विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ ।
७ खेलबाट १९ अंक जोडेको इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ । एन्डोरा ३ अंकसहित पाँचौं स्थानमा छ ।
यसै समूहको अर्को खेलमा पोल्याण्डले सान मारियनोलाई पनि ५-० ले नै पराजित गरेको छ । पोल्याण्ड ७ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा हंगेरीलाई १-० ले पराजित गरेको अल्बानिया १५ अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4