
१ कात्तिक, काठमाडौं । बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च देखिएको छ ।
यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।
कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4