+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मुलुकलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा छ : अध्यक्ष बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते ११:४१

१० कात्तिक, काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् ।

बुधबार तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले युवाहरुको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आर्थिक समृद्धिमा पनि युवाहरुको आवश्यकता औंल्याएका हुन् ।

‘हाम्रो पटकपटकको अथक लामो आन्दोलन र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी पनि हामी युवाहरुकै हो,’ अध्यक्ष बस्नेतले भने।

कांग्रेस संस्थापक नेता वीपी कोइरालाले २०१० साल कात्तिक १० गते तरुण दल स्थापना गरेका हुन् । पाँच वर्षअघि तरुण दलको पोखरामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा बस्नेतसहित चार पदाधिकारी चयन भएका थिए ।

बाँकी कार्यसमिति सहमतिमा चयन गर्ने भनिएपनि अहिलेसम्म चार जनामै तरुण दल सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?