+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:२०

१७ कात्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई समितिको अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ ।

बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी देशभित्र हाइड्रो विज्ञका रुपमा समेत परिचित छन् ।

विगत २४ वर्षको पेशागत अनुभव सम्हालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?