+
+

कारागारको आत्महत्यासम्बन्धी छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १९:४५

२३ कात्तिक, काठमाडौँ। गृह मन्त्रालयले सुनसरी, कैलाली र सुर्खेतको हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत कक्षमा २९ वर्षीय मोहम्मद हकिमले,  इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा सर्खेतका ३५ वर्षीय धनबहादुर रानाले र कारागार कार्यालय पर्वतमा ५८ वर्षीय दुर्गाराज पाण्डेले गरेको आत्महत्याको घटना अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतम संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य थिए । मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।

समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र मनिटरिङ गर्ने व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?