+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१५ केजी बढी चरेससहित एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १९:५९

२५ कात्तिक, गोरखा । गोरखाबाट झण्डै १५ किलो लागूऔषध चरेससहित एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका लाप्राककी ४३ वर्षिीया कोपिला गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति लाप्राकबाट गोरखा सदरमुकाम आउँदै गरेको बा २० च ९३३२ नम्बरको जिपमा चढेर आएकी ती महिलाले बोराभित्र चरेस लुकाएर ल्याएकी थिइन् । करिब साढे एक बजे चनौटे आइपुगेको उक्त जिपलाई चेकजाँच गर्ने क्रममा चरेससहित उनलाई पक्राउ गरिएको डीएसपी प्रकाश दाहालले बताए ।

‘महिलाले ल्याएको बोराभित्र १४ किलो ८ सय ग्राम चरेस रहेछ,’ उनले भने, ‘महिलाको घरमा पनि खन्तलासी गर्‍यौं, थप चार सय ग्राम चरेस र जोख्ने तराजु फेला पर्‍यो, ती सबै हामीले बरामद गरेका छौ ।’ पक्राउ परेकी महिलाविरुद्ध बिहीबार लागू औषध चरेस शिर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए । पक्राउ परेकी महिलाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?