+
+

दराज ११.११ सेलले बनायो रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १४:०१

काठमाडौं । दराज ११.११ सेल अभियानको चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ ।

२४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ सेलले नयाँ रेकर्ड बनाएको हो । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनिले जानकारी दिएको छ ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ ।

दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले दराज ११.११ सेलको सफलताले दराजलाई थप बल मिलेको र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई समेत रेखांकित गर्ने बताए ।

यो सेल अभियानले बनाएको कीर्तिमानले सबै ग्राहकहरूलाई दराजमाथिको विश्वास र समर्थनलाई पुष्टि गरेको दराज नेपालका एमडी लिनो अलरिङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?