+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कांग्रेसको तेह्रथुम सभापतिमा पौडेल पक्षका तुम्बाहाङ्फे विजयी

नेपाली कांग्रेसको तेह्रथुम जिल्ला सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:३६

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको तेह्रथुम जिल्ला सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका तुम्बाहाङ्फेले संस्थापन समूहका उम्मेदवार कमल ढुंगानालाई पराजित गरेका हुन् ।

तुम्बाहाङ्फेले ४५० मत पाए भने पराजित सभापतिका उम्मेदवार ढुंगानाले २३६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै दुई उपसभापति पदमा मचिन्द्र सुब्बा र शिवप्रसाद भट्टराई विजयी भएका छन् । सुब्बाले ४७२ र भट्टराईले ३५९ मत पाएका छन् ।

यस्तै सचिवमा वीपीन निङ्लेखु र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भएका छन् ।
यसअघि तेह्रथुममा कांग्रेस सभापति गोविन्द ढुंगाना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?