+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन लबिइङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १२:४६

९ मंसिर, चितवन । नेकपा एमालेका केही नेताहरुले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्नुपर्ने माग राख्दै अभियान चलाएका छन् ।

विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने लबिइङमा एमाले नेताहरु विशाल भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायत सक्रिय छन् ।

भट्टराईले भने, ‘पदाधिकारीको संख्या आवश्यकताका आधारमा केही थप्ने र केन्द्रीय कमिटीको संख्या ३ सयको हाराहारीमा पुर्याउनुपर्छ । त्यसो गर्दा झण्डै एक सय ६ जना नयाँ अनुहारहरु केन्द्रीय कमिटीमा पर्नुहुन्छ ।’

यसो गर्दा नयाँ पुस्ता पनि समेटिने र पार्टी अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने भट्टराईको भनाइ छ । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै नामावली प्रकाशन गर्ने र उहाँले जे गर्नुहुन्छ, त्यो हामी सबैले स्वीकार्ने,’ अभियान चलाउनुको उद्देश्यबारे भट्टराईले भने, ‘नेकपा एमाले जसरी वडामा, पालिकामा, क्षेत्रमा सर्वसम्मत छ, त्यसैगरी मुलुकमै सर्वसम्मत हुन सक्छ भन्ने एउटा सन्देश हामीले जारी गर्न खोजेका हौं ।’

नयाँ पुस्तालाई स्थान दिन र सबैको मनोविज्ञानलाई समेट्न विधान संशोधन गर्नैपर्ने मतसहित भट्टराईसहितका नेताहरुले शीर्ष नेताहरुलाई भेट्दै आएका छन् ।

‘आवश्यक पर्‍यो भने विधान संशोधन गरेर केही पदाधिकारी र सदस्यको संख्या अलिकति थपेर नयाँ पुस्ता पनि आउने गरी, सबै मनोविज्ञानहरु समावेश हुने गरी, सबैको सम्मान र सबैको उपस्थिति हुने गरी हामीले कमिटी निर्माण गर्नुपर्छ र त्यसको लागि विधान संशोधनमार्फत् बाटो खोल्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?