
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने ।
उनका अनुसार अपरान्ह ३ बजे सभापतिका आकांक्षीहरु र केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुनेछ ।
नेता चन्द्र भण्डारीका अनुसार पौडेल समूहमा सभापतिको आकांक्षी ४ बाट २ जनामा झरेको छ । उनी भन्छन् ‘अब शेखर र प्रकाशमानमध्ये एकलाई स्वीकार गर्ने दबाब छ, नस्वीकारे देउवालाई बुझाइदियौं भने हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4