+
+

राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १६:१५

२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले राजतन्त्र फर्काउने दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेपालले बताए । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट । लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृत्तिबाट, अरुको सम्मान नगर्ने प्रवृत्तिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’

साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?